दफा ८
राष्ट्रिय परिषद्को काम, कर्तव्य र अधिकार
(१) राष्ट्रिय परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल स्काउटको नीति तथा कार्यक्रम निर्धारण गर्ने ।
(ख) राष्ट्रिय कार्यकारी समितिलाई निर्देशन दिने र मार्गदर्शन गर्ने ।
(ग) नेपाल स्काउटको बजेट पारित गर्ने ।
(घ) नेपाल स्काउटको सञ्चालन सम्बन्धमा आवश्यक नियम बनाउने ।
(ङ) नेपाल स्काउटको कार्य सम्पादनको मूल्याङ्कन गर्ने, गराउने ।
(च) राष्ट्रिय परिषद्को बैठकमा पेश भएका वार्षिक कार्यक्रम तथा प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(छ) नेपाल स्काउटको लेखा परीक्षण गराउन लेखा परीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
(ज) नेपाल स्काउटको उद्देश्य पूर्तिको लागि तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।
(२) राष्ट्रिय परिषद्ले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारसँग सल्लाह लिन सक्नेछ ।